×

वीरगञ्ज । जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले खेल युवा पिढिहरुको गहना भएको बताउनु भएको छ ।


समग्र नेपाल नामक संस्थाद्वारा आज बहुदरमाइ नगरपालिका २  पिपराको बहुदरमाइ मन्दिर नजिक तिलावे नदिको किनारमा अवस्थित मैदानमा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नेता पटेलले खेलले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ्य मात्र नबनाइ  यसले अनुशासन, लगनशीलता र युवाहरूको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउदै आजको युगमा खेलमा राम्रो गर्नेलाई सरकारले सम्मानका साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन युवाहरू लाई आग्रह गर्नुभयो ।


स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको चर्चा गर्दै नेता पटेलले बहुदरमाइ नगरपालिकाको खेल प्रती कुनै चासो नभएको र यहाका नगर प्रमुख कमिसनमा मात्र रुमलिएको बताउनु भयो ।  


समग्र नेपाल नामक संस्थाका अध्यक्ष शुभराती अन्सारीको अध्यक्षतामा आयोजित सो उद्घाटन कार्यक्रममा जसपा पर्साका सचीव श्रीराम जि गिरि, जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नपा २ का वडा अध्यक्ष जितेन्द्र पटेल, समाजसेवि एवम शिक्षाबिद प्रोफेसर लक्ष्मी साह लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


प्रतियोगितामा नगरपालिका का ८ वटा वडा बाट क्रिकेट टिम सहभागी भएका छन । फाइनल खेल पश्चात राम्रो प्रदर्सन गर्ने खेलाडी चयन गरि नगर स्तरिय टिम बनाउने सोच रहेको आयोजकले बताएका छ्न ।  आजको खेल भौराटार २ गम्हारिय बिच शुरु भएको छ ।
 

Back to top