×

वीरगञ्ज । बाराको प्रसौनि गाउँपालिका वडा नम्बर २ स्थित चटिया बाबा क्रिकेट मैदानमा जारी नेपाल इण्डो टि ट्वाइन्ट क्रिकेट टुनामेन्ट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । 

इलेभेन स्टार क्रिकेट क्लब बाराको आयोजना र नेपाल इण्डो हस्पिटलको सहयोगमा जारी प्रतियोगिताअन्र्तगत आज भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा वीरगञ्ज स्पट क्लबलाई ३ विकेटले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

टस जितेर ब्याटिंग रोजेको वीरगञ्ज स्पट क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पारेको थियो । 

जवाफमा १ सय ३३ रनको लक्ष्य पछ्याएको मकवानपुरले १९ ओभरमै ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो । प्रतियोगितामा वीरगञ्ज स्पट क्लबका यासिन हवारी र मकवानपुरका शुभ श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका थिए । 

उनिहरुलाई नेपाल इण्डो हस्पिटलका प्रशासन प्रमुख हिमान्शु शेखरले नगद १५/१५ सय, शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसअघि सर्लाहीलाई हराउँदै पटना क्रिकेट क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरीसकेको छ । 

आगामी शनिवार पटना र मकवानपुरबिच उपाधिका लागी प्रतिस्पर्धा हुने इलेभेन स्टार क्रिकेट क्लब बाराका अध्यक्ष अतिन्द्र राउतले जानकारी दिनुभयो ।

Back to top