×

मुम्बई : टाइगर श्राफलाई लिड रोलमा लिएर विकास बहलले ‘गणपत’ नामक फिल्म घोषणा गरिसकेका छन्। यो रोलका लागि टाइगर निकै मेहनत गरिरहेका छन्। यो फिल्म मुम्बई केन्द्रित रहने छ भने अन्डरग्राउन्ड बक्सिङ पनि देखाइने बताइएको छ। 

फिल्ममा टाइगरकी हिरोइन को होलिन् भन्ने चासो पहिलेदेखि नै थियो। यसैबीच निर्माण पक्षले फिल्ममा दुई हिरोइन हुने बताएको छ। इलियाना डिक्रुज, सारा अली खान र कृति सेननको नाम लगातार चर्चामा थियो तर फिल्मसँग जोडिएका सूत्रअनुसार यी तीनमध्येबाट कृतिनलाई फिल्मकी हिरोइन चयन गरिएको छ। यसको औपचारिक घोषणा केही दिनमा हुने बताइएको छ।

कृति र टाइगरले बलिउडमा एकसाथ फिल्म ‘हिरोपंती’ मा डेब्यु गरेका  थिए। फिल्म हिट पनि भएको थियो। यो जोडीलाई निकै मन पराइएको थियो। तर त्यो फिल्मपछि यो जोडीसँगै देखिएको थएन।एजेन्सी 

Back to top