×

तस्बिर : द मिन्ट

वीरगञ्ज । भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ।  नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन्। 

नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन्। उनले ट्विट गरेर अफवाहमा ध्यान नदिन र पुराना भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न अनुरोध गरेका छन्।

Back to top