×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका रजतजयन्ति चोकस्थित नेपाल इन्डो हस्पिटल एण्ड आई सेन्टरले आयोजना गर्न लागेको टी-ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि शुरु हुने भएको छ ।  

हस्पिटलले बारा जिल्लाको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ स्थित प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी-ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

'स्वस्थ जीवनका लागि खेलकुद' को मूल नारा लिएर हस्पिटलले प्रतियोगिता आयोजना गर्न लागेको अस्पतालका प्रशासन शाखा प्रमुख हिमाँशु शेखरले बताए । प्रतियोगिताका बारेमा जानकारी गराउन मंगलबार बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो ।

फागुन १ गतेसम्म चल्ने प्रतियिोगितामा भारत बिहारका पटना, बेतिया, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ को मकवानपुर जिल्लाबाट ८ वटा टिमहरु सहभागी हुने छन् हुने प्रतियोगिताको सह-आयोजक एलेभेन स्टार क्रिकेट क्लब प्रसौनीका अध्यक्ष अतिन्द्र राउतले बताए ।

प्रदेश नम्बर २ मै ठूलो सतरमा हुनलागेको प्रतियोगितामध्येको एक रहेको आयोजकले दावी गरेका छन् । नेपाल इन्डो हस्पिटल एण्ड आई सेन्टर वीरगञ्ज र राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालय वीरगञ्जले प्रतियोगिता आयोजना गर्न आर्थिक सहयोग गरेको राउतले जानकारी दिए । 
 
प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महतले गर्न आयोजकले जनाएका छन् । 

लगभग १० लाख रुपैयाँको लागतमा आयोजना हुनलागेको प्रतियोगितामा प्रथम, दोस्रो र म्यान अफदी सिरज हुनेहरुलाई विशेष पुरस्कारसमेत प्रदान गरिने छ ।

Back to top