×

वीरगञ्ज । नायिका सुष्मा कार्कीले आरती खड्काविरुद्ध हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

सोमबार काठमाडौंको लन्डन पबमा हातपात भएपछि राति नै महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएको उनले बताइन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे । त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछिन् । मसँग फुटेज छ,’ उनले भनिन् ।

पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का र उपस्थित थिए । कार्कीले प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले अपशब्द प्रयोग गरेको बताइन्।

महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलका अनुसार आरती खड्कासँग सुष्माको सामान्य विवाद भएको रहेछ । उहाँले उजुरी दिनुभएको छ । उजुरीमा सामान्य हातपात भएको उल्लेख गर्नु भएको छ,’ उनले भने,’हामीले दुई पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

Back to top