वीरगञ्ज १५ माघ । अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालले उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं त्रिपुरेश्वरस्थित घरबाटै उनलाई पक्राउ गरिएको एसएसपी अशोक सिंहले बताए । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मंसिर ३० गते उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । २०७५ सालमा पनि अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।