×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बढ्दै गरेको चिसो र शितलहरबाट प्रभावित बस्तिमा कम्बल वितरण गरेका छन् । 

महानगरपालिकाको वडा नम्बर ३१ स्थित दलित बस्तिमा नगरप्रमुख सरावगीले न्यानो कपडा, कम्बललगायतका सामग्री वितरण गरेका हुन् ।  ।

माघको दोश्रो सातामा पनि अझै चिसो बढ्दै गएको र गरिब विपन्नहरु बढी जोखिममा रहेकाले उनीहरुको जीवन रक्षाका लागि न्यानोको लागि कपडा, कम्बललगायत सामग्री वितरण गरिएको नगरप्रमुख सरावगीले बताए । 

नगरप्रमुख सरावगीले कपडा र कम्बल वितरणलाई चिसो नघटेसम्म निरन्तरता दिने जनाएका छन् । वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य एवम् जसपाका नेता शुसिल साह कानुलगायतको उपस्थिति रहेको थियो । 

Back to top