×

वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजनामा ३ दिने प्राथमिक उपचार पुर्नताजगी तालिम मंगलबारदेखि शुरु भएको छ । 

प्राथमिक उपचार सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्वि गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

प्राथमिक उपचार गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरु, घाईतेको अवस्था, घाइते र बिरामीहरुलाई तत्काल उपलब्ध स्थानीय स्रोत साधनको उपयोग गरी दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म गरिने स्याहारसुसारको बारेमा प्रशिक्षण दिइएको थियो ।

सहभागीहरुलाई नेपाल रेडक्रस सोसाइटीका साबिर अहमद एराज, उमेश कुमार गुप्ता र सुदर्शन पन्डितले प्रशिक्षण दिएका थिए ।

Back to top