×

वीरगञ्ज । भारतको ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा वक्ताहरुले नेपाल-भारतको एतिहासिक सम्बन्धका बारेमा चर्चा गरेका थिए । उनीहरुले नेपाल-भारतको राजनीतिक सम्बन्ध जस्तो भएपनि दुवै देशबीचको सांस्कृतिक, पारम्परिक र धार्मिक सम्बन्ध कहिलेपनि बिग्रिन नसक्ने बताएका थिए ।

वक्ताहरुले नेपाललाई आवश्यक परेको खण्डमा भारतले जहिलेपनि सहयोगको पहिलो पाइला चालेको बताउँदै कोरोना कालमा समेत भारतले आफ्नो देशको जनतासँगसँगै नेपाली जनतालाई समेत प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप उपलब्ध गराएको कुराको प्रसंसा गरेका थिए ।  

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धी, भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य जनत अन्सारी, भीमा यादव, करिमा वेगमलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।

Back to top