×

वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्साको २४ औ साधारणसभा माघ २० गते हुने भएको छ । 

महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा आज सम्पन्न बैठकले माघ २० गते सधारण सभा गर्ने निर्णय गरेको हो । 

बैठकले साधारणसभाको लागि सभापति श्याम बञ्जारा संयोजकत्वमा तयारि समिति गठन गर्ने निर्णय समेत गरेको छ । 

साधारणसभा महासङ्घको आफनै भवनमा बिहान ८ बजेदेखि हुने अध्यक्ष बञ्जाराले जानकारी दिए । 

बैठकले सबै पूर्व सभापतिहरुलाइ अभिनन्दन गर्ने निर्णय समेत गरेको छ । बैठकले दुई वर्षको गोपाल गिरि स्मृति पुरस्कार क्रमश गया यादब र कन्हैया लाल केशरीलाई दिने निर्णय गरेको अध्यक्ष बञ्जाराले बताए । 

बैठकमा महासङ्घका उपाध्यक्ष अनुप तिवारी, कोषाध्यक्ष भुषण यादव, सचिव युवराज खड्का, सदस्यहरु जियालाल साह, सुष्मा शर्मा, निलिमा पौडेल, मनोज पटेल, आरके पटेल, सफल खतिवडालगायतको उपस्थिती रहेको थियो ।

Back to top