×

पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बञ्जारीले भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ पर्सा ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा हुँदै भारतबाट नेपाल भित्र्याउन खोजिरहेको अवस्थामा प्रहरीले लागूऔषध नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाको अधारमा बोर्डर आउट पोस्ट भिस्वा बञ्जारीका सशस्त्र प्रहरी निरीक्षक सञ्जीप बानियाको कमान्डमा खटिएको टोलिले मंगलबार बिहान करीब साढे १० बजेको समयमा भारतबाट लूकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा ९ सय ४९ पिस प्रतिबन्धित लागूऔषध बरामद गरिएको ज्नाइएको छ ।

प्रहरीले फेनेर्गन ३ सय ४९ पिस, नोफिन ३ सय ५० र डाइजोपान २ सय ५० पिस बरामद गरेको प्रहरी निरीक्षक बानियाले जानकारी दिए । प्रहरीले लागूऔषध बरामद गरेपनि तस्करभने फरार भएका थिए । 

प्रहरी निरीक्षक बानियाका अनुसार प्रहरीलाई देख्न बितिकै तस्करहरुले बोकेको लागूऔषध छोडेर भागेका थिए । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । 

बराम्मद गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरीका उपरीक्षक राजेन्द्र खडकाले जनाएका छन ।

Back to top