×

वीरगञ्ज । कोरोना भाइरसको महामारीमा अग्रपङ्क्तिमा खटिएका ३० जनालाई आज एक कार्यक्रमका बिच हिन्दू परिषद नेपाल जिल्ला कमिटी पर्साले सम्मान गरेको छ ।

परिषदका पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा कोभिड महामारीमा अग्रणी भुमिका निर्वाह गरेका बीरगन्ज महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, नारायणी अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, पत्रकार महासंघ पर्सा, लगायतका संघ संस्था तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

त्यसैगरी हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता, केन्द्रिय सदस्य किरण अग्रवाल, समाजसेवी संजय सिंह, लगायतलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिए ।

Back to top