×

वीरगञ्ज । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज भने ४ सय रूपैयाँले उकालो लागेको छ । 

सोमबार ९१ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको लागि तेजाबी सुन ९१ हजार ५ सय रूपैयाँ तोकिएको छ । 

सोमबार स्थिर चाँदीको मूल्य आज १० रूपैयाँ बढेर प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।

Back to top