×

वीरगञ्ज । भारतको गुजरातस्थित सुरतमा ट्रकले किचेर १३ जनाको ज्यान गएको छ ।

कोसाम्बा क्षेत्रमा फुटपाथमा सुतेका १८ जनालाई गएराति ट्रकले किचेको हो । जसमा १३ जनाको ज्यान गएको छ भने अन्यको अवस्था गम्भिर रहेको बताइएको छ । 

१२ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । 

ज्यान गुमाउनेहरु सबै राजस्थानको बांसबाडा जिल्लाको कुशलगढका रहने मजदूर भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उखु लोड गरिएको ट्रयाक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएपछि फुटपाथमा सुतेका मजदुरमाथि कुदेको थियो ।

Back to top