×

वीरगञ्ज । विश्वसनीय पाइप निर्माता कम्पनी हिलटेकले जर्मनी प्रविधिमा आधारित दुई तह (Double Layer)भएको Double Wall Corrugated (DWC)कोर–फिट पाईपको उत्पादन नेपालमै सुरू गरिसकेकाे छ । लामो समयसम्म सडक अवरोधका कारण भोग्नु परेको पीडालाई मध्यनजर गरी कम्पनीले वाग्मती प्रदेश अन्तर्गत हेटौडा औद्योगिक क्षेत्रमा अवस्थित कारखानाबाट सफल उत्पादन सुरु गरेकाे हाे ।

यसको प्रयोग मुख्यतया ढल, सिँचाई, कलर्भटमा हुनेछ ।साथै टेलिफोन, बिजुलिको (जमीनमुनिको तार), हाउजिङ , प्लटिङ, स्र्माट सिटि र उद्योग आदि ठाउँमा गर्न सकिन्छ । उक्त कोर–फिटपाईप Double Wall Corrugated भएकोले अति बलियो, धेरै समय सम्म टिक्ने,लिकेज नहुने, धेरै हलुको हुने, भित्रि भाग चिप्लो हुने भएकोले वहाव तिब्र हुन्छ । हिलटेकबाट उत्पादन हुने कोर–फिट पाईपको साईज ४ ईन्च देखि ४० ईन्च (आन्तरिक व्यास ) सम्मको हुने तथा २० फिट (६ मी.)लामो हुन्छ ।

यो पाईप अहिले भएको ह््यूमपाईप भन्दा ९५% हलुका हुने भएकोले ओसार पसार गर्न सहज हुनुको साथै ढुवानीे खर्चमा निकै बचत हुन्छ । हाल मुलुक भर ढल निकाशको आयोजना सम्पादनमा निकै समय लाग्ने गरेकोमा अवउपरान्त हिलटेकको कोर–फिट पाईप प्रयोग गरी ढल जडान गर्दा ट्रेन्च खनेको ठाउमा दुई जना साधारण ज्यामिले ७ घण्टामा १ किलोमिटर भन्दा बढि ढलको पाईप जडान गर्न सक्ने भएकाले आयोजना सम्पादन कार्य छिटो सम्पन्न हुन्छ ।

यस पाईपलाई ढल वा अन्य केमिकलले केही नोक्सान गर्न नसक्ने,जडान गर्दा कुनै केमिकल, सिमेन्ट,नट÷बोल्ट आदिको आवश्यकता नपर्ने हुन्छ । यसलाई जडान गर्न उक्त ६ मिटर (२० फिट) पाईपको एउटा मुख कपलर (Coupler)सकेट जस्तो हुने तथा अर्को पाईपको स्पीगोट भएको मुख जुनमा लिकेज नहुनको लागि रबर गास्केट लगाई सामान्य

डोरीको मद्दतले अथवा फलामको सामान्य लिभर प्रयोग गरेर जडान गर्न सकिन्छ । साथै यसको ज्वाइन्टलाई खोलेर पाईपलाई पुनश्चः अन्यत्र प्रयोग गर्न सकिने छ । यो २० फिटे पाईपलाई आवश्यकता अनुसार १–१.५ डिग्री सम्म बंग्याउन सकिने भएकोले कतिपय ठाउँमा मेनहोलको आवश्यकता नपर्ने भएकोले समेत ढल आयोजनाको खर्चमा निकै बचत हुन्छ । यसको बलियोपनको मापन SN8 स्तर ( अर्थात 8KN/m2) बराबरको हुन्छ जुन RCC ह््यूमपाईपको NP3 मापदण्डको बराबर हुन्छ । हिलटेक कम्पनीले आफ्नो जुनसुकै वस्तुको उत्पादनमा गुणस्तरको लागिकुनै सम्झौता नगर्ने परिपाटी अनुरुपनै कोर फिट पाईपमा पनि उच्च गुणस्तर राखि उत्पादन गरिरहेको छ ।

हिलटेक कम्पनीले कोर–फिट पाईप बाहेक नेपालभरी लोकप्रिय खाने पानिको लागि पानीको प्लास्टिक ट्याङ्क, स्टिल ट्याङ्क, पि.पि.आर. पाईप, सि.पि.भी.सि पाईप, एच.डि.पि.ई पाईप, डष्ट विन, कम्पोस्ट विन, ग्यास गिजर, ट्राफिक डिभाइडर आदि उत्पादन गरिेरहेका सबै माविदितै छ ।

यस उद्योगले ढल निकाशको समुचित व्यवस्थापनमा एउटा ठूलो क्रान्ती ल्याउनेमा हिलटेकको अध्यक्ष श्री कमल जैनले जानकारी गराउनु भयो ।

Back to top