×

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा लैङ्गिक हिंसा एवम् सामाजिक कुरुती विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिका तथा ईलाका प्रहरी कार्यालय पोखरीयाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

पोखरियाको श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दिपनारायण रौनियारले लैङ्गिक हिंसा न्युनिकरणका लागि महिलाहरुलाई विभिन्न क्षेत्रमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नगरप्रमुख रौनियारले हिंसा न्युनिकरण गरि महिलाहरुको सशक्तिकरणका लागि शिक्षामा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले पोखरियामा महिलाहरुको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका लागि नगरपालिकाबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबिच संघिय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक किशोर कुमार दहालले महिला नेतृत्व तहमा पुगेपछि मात्रै लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिने धारणा राखे । प्रहरीको एकल प्रयासले महिला हिंसा न्युनिकरण गर्न नसकिने भन्दै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको जानकारी गराए ।

प्रहरी वरिष्ठ उपरिक्षक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, वडाध्यक्ष लक्ष्मण साह, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापा, सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक अमर राय, विद्यालयका प्रधानाध्यापक ब्यास महतो, मेयरका स्वकिय सचिव राजु रौनियार, पोखरिया युवा समाजका सुजित गिरीलगायत शिक्षक र विद्यालयका छात्रछात्राहरुलगायतकाको सहभागिता रहेको थियो ।

Back to top