×

सांकेतिक तस्विर ।

वीरगञ्ज । नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

बेलायतबाट पुस पहिलो साता आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएकोमा त्यसमध्ये ३ जनामा नयाँ प्रकारको संक्रमण भएको पाइएको हो ।

२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।

Back to top