×

फाइल तस्विर ।

वीरगञ्ज । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ९६ हजार १८४ जना संक्रमणमुक्त भएका छन् ।

Back to top