×

वीरगञ्ज २ माघ । भारतले नेपालसहित छिमेकी ६ मुलुकलाई कोरोनाभाइरस विरुद्धको दुई करोड डोज खोप दिने योजना बनाएको छ ।

भारतबाट प्रकाशित हुने दैनिक पत्रिका टाइम्स अफ इन्डियाका अनुसार भारत सरकारले छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना बनाएर काम अघि सारेको छ ।

समाचारमा विश्वमा सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक भारतले नेपालसहित ६ मुलुकलाई खोप पठाउने समाचारमा उल्लेख गरिएको छ ।

भारतले नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा खोप पठाउने तयारी गरेको हो । भारतको योजनाअनुसार घरेलु कम्पनीहरुले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी निर्यातको योजना बनाएका हुन् ।

यो योजनाले पूर्णता भने पाइनसकेको र थप छलफल भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

Back to top