×

वीरगञ्ज १ माघ । आस्थिक मानिसहरूका मनमा अनेकौँ जिज्ञासा हुन्छन् । भक्त र भगवानका बारेका रहस्य अध्ययन साध्य नै पनि छैन । आजचाँही हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउँदैछौँ ।

भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ । यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ ।

के छ पौराणिक कथा ?

पौराणिक कथाका अनुसार विश्वको पालनकर्ता भगवान विष्णुलाई हिन्दू धर्मका तीन महान इश्वरीय रुपमध्ये एक मान्ने गरिन्छ ।

तपाईले भगवान विष्णुको फोटो वा मूर्ति हेर्दा पक्कै त्यहाँ सुदर्शन चक्र बोकेको देख्नु भएको होला । उक्त चक्र भगवान शिवले विष्णुलाई जगत कल्याणको लागि दिएका थिए ।

भगवान शिवले विष्णुलाई दिएको सुदर्शन चक्रको फरक कथा छ । एकपटक राक्षसले देवलोकमा अत्याधिक दुःख दिए । जसका कारण सबै देवताहरु डराएर विष्णुको शरणमा गएका थिए ।

त्यसैबेला विष्णुले देवताहरुको रक्षाका लागि कैलासमा गएर महादेवसँग प्रार्थना गरेका थिए । त्यसैबेला राक्षसको नाशका लागि शिवले विष्णुलाई सुदर्शन चक्र दिएका थिए ।– एजेन्सीको सहयोगमा

Back to top