×

वीरगञ्ज २९ पुष । नेपाली सेनाले पर्साको धोबिनी गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ ।

श्री नम्बर २८ बाहिनी अड्डा र पर्सा जिल्लामा रहेको श्री चण्डी प्रसाद गणको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नम्बर ४ स्थित लङ्गडीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बुधबार सम्पन्न शिविरमा १ सय ७६ जना महिला र १ सय २१ जना पुरुष गरी २ सय ९७ जनाको लाभान्वित भएका थिए । 

स्वास्थ्य परिक्षण पश्चात सेनाले २ सय परिवारलाई झुल समेत वितरण गरेको थियो । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नि:शुल्क जनरल ओपिडी तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

स्वास्थ्य शिविरमा कोभिड-१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई नि:शुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।

सेना र आम नागरिक बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने सेनाको विश्वास रहेको छ । शिविरमा आएकामध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारिरीक दुर्वलता, दाँत  तथा पेटको समस्या र महिला हरुमा पाट्ठेघर समबन्धी भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका थिए । 

गुल्मका गुल्मपती डाक्टर श्रीष्टिना प्रधानको नेतृत्व चिकित्सक टोलीले बिरामीहरुलाई चेकजाँच गरि निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो । 

श्री नमार २८ बाहिनी अड्डाका प्रमुख सेनानी डम्बर आलेको प्रमुख अतिथ्यामा सम्पन्न भएको स्वास्थ्य शिविरमा धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, वाड अध्यक्ष मजिद मियाँ, श्री चण्डी प्रसाद गणका प्रमुख सेनानी मदन जङ्ग  राणालगायतको उपस्थिती रहेको थियोे ।

निःशुल्क स्वास्थ्य शिबिरमा नेपाल औषधि उत्पादन संघ, समर फर्मा कम्पनी, कर्वाईट फार्मेसी, युटिकल्स, रुपेक्स फार्मेसी युटिकल्स, आर्या फर्मा ल्याब र नेशनल फार्मेसी युटिकल्स प्रालीले औषधि सहयोग गरेको सेनाले जनाएको छ ।

Back to top