×

वीरगञ्ज २९ पुष । सुनको मूल्य दुइ दिन यता उकालो लाग्न थालेको छ। साताको पहिलो र दोस्रो लिन  मूल्य लगातार  घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ भएको थियो ।

अघिल्लो दिनको भन्दा तोलामा एक सय रुपैयाँले बढेर बुधबारका लागि कारोबार मूल्य ९२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार  ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी १० रुपैयाँले बढेर बुधबार प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ। मंगलबार २० रुपैयाँ बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

कोभिड-१९ विरुद्ध भ्याक्सिन तयार भएर परीक्षण र प्रयोग हुन थालेपघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउने अनुमान व्यवसायीहरुले गरेका थिए। तर बजारको उतारचढाव थामिएको छैन ।

पछिल्लो समय सेयर  बजारका कारण मूल्यमा उतारचढाव भएको अनुमान व्यवसायीको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८५९.४४ डलर र चाँदी प्रतिऔंस २५.५४ डलरमा कारोबार भएको छ ।

Back to top