×

वीरगञ्ज २९ पुष । भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।

बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो ।

अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ ।

अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् ।

संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ ।

Back to top