×

वीरगञ्ज २८ पुष । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर २४ र २५ बाट भारी मात्रामा अवैध मालसमान र एक थान मोटरसाईकल नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरीको टोलीले नियमित गस्तीको क्रममा वीरगञ्ज वसपार्क, गण्डक चौक तथा ड्राइपोर्ट इलाकाबाट अन्दाजी ५ लाख मुल्य बराबरको चप्पल, किराना आइटम, लहसुन १०० किलो, माछा र एक थान मोटरसाइकल बरामद गरेको जनाएकाे छ । सशस्त्र प्रहरीकाे मोबाईल टोलीले सो सामान बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ तस्करहरु समान छाडेर भागेका थिए । बरामद गरिएको समान तथा ना १९ प ८०१३ नम्बरको मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले जनाएको छ ।

पटक पटक अवैध सामान नियन्त्रणमा लिएपनि तस्करलाइ पक्राउ गर्न भने प्रहरी असफल रहँदै आएको छ ।

Back to top