×

वीरगञ्ज २८ पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को नयाँ बस्तीमा आवश्यक पूर्वाधार निर्माणका लागी नगरप्रमुख विजयकुमार सरावगीले स्थलगत निरिक्षण गरेका छन् ।

वडा नम्बर ११ को सिर्सिया नदि नजिकैको नयाँ बस्तीमा सडक, ढलान र नाला निर्माण नहुँदा स्थानीयलाई समस्या हुने गरेको छ । फलस्वरुप स्थानीयलाई समस्याको सास्ती खेप्न नदिन तथा समस्याको समाधान गर्ने प्रयासस्वरुप स्थलगत निरिक्षणमा गएको नगरप्रमुख सरावगीले बताए ।

महानगरपालिकाको स्रोत साधनलाई परिचालन गरेर सडक ढलान तथा नाला निर्माणको काम केही समयभित्रै शुरुवात गरिने सरावगीको भनाई छ ।

महानगरपालिकाले प्राथमिकतामा राखेको उज्यालो अभियान र पूर्वाधार निर्माणअन्र्तगत नयाँ बस्तीमापनि सडक तथा नाला निर्माण गरिने उनले जानकारी दिए । अनुगमन टोलीमा जसपाका नेता शिव पटेल, स्थानीय सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Back to top