×

वीरगञ्ज २८ पुष । विगत लामो समयदेखी सामुदायिक क्षेत्रमा कार्यरत संस्था वीरगञ्ज जेसिजको ४८ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्ज जेसिज वर्ष २०२० का अध्यक्ष मुकेश सिँहको सभापतित्वमा भएको पदस्थापन कार्यक्रममा १ सय ३५ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ ।

रञ्जन राउनको अध्यक्षतामा गठित नया कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा त्रिलोकीनाथ साह, बिजय अग्रवाल, उपाध्यक्षमा सुखसागर गौरो, प्रकाश शर्मा, गिरिश ढुंगेल, स्वेच्छा रौनियार, महासचिबमा अजय चौधरी, कोषाध्यक्षमा अर्बिन्द श्रेष्ठ, कानुनी सल्लाहकारमा अमृत गौरो लगायत राखेका थिए ।

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नागरिक समाजका अगुवा प्राध्यापक डा. दिपक शाक्य, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम साह,  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगञ्ज जेसिजका पुर्व अध्यक्षहरु, विभिन्न शाखाका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् वीरगञ्ज जेसिजका पुर्व अध्यक्ष गोपाल केडियालाई सम्मान पत्र सहित सम्मान समेत गरिएको नवनिर्वाचित अध्यक्ष रन्जन राउतले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरु तथा अतिथिहरुलाई पनि मायाको चिनोसहित सम्मान गरिएको बीरगञ्ज जेसिज वर्ष २०२० का कोषाध्यक्ष प्रेम पटेलले बताए ।

Back to top