वीरगञ्ज २८ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साले नेकपामा प्रवेश गर्नुभएका सुन्दर प्रसाद कुर्मीलाई बधाई तथा शुभकामना दिएको छ ।
ओली समूहको अनेरास्ववियू पर्साका जिल्ला संयोजक रियाज अन्सारीको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा)का पूर्व पर्सा जिल्ला उपाध्यक्ष समेत रहेका कुर्मीलाई फुलमाला लगाएर बधाई दिनुका साथै शुभकामना दिइएको अनेरास्ववियू पर्साका सह संयोजक अजित साहले जानकारी दिए ।
बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुर्मीले विगतमा केही स्वार्थी नेताहरुको गलत प्रवृति हावि भएपछि पार्टी छोड्ने निर्णय गरेको बताउँदै उक्त गलत निर्णयलाई अहिले सच्च्याउने समय आएको बताए । फलस्वरुप आफु पुन: आफ्नो पुरानै घरमा फर्किएको कुर्मीले बताउँदै खुसि व्यक्त गरे ।
नेता कुर्मीलाई शुभकामना दिँदै अनेरास्ववियूका केन्द्रिय सदस्य हेमन्त तामाङले सानातिना मनमुटाबले विगतमा पार्टी छोडेकाहरु अब नेकपामै आगमन गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै देशलाई समृद्धितर्फ लम्क्याउने सामाथ्र्य नेकपासँग मात्रै रहेकाले देश र जनताको लागी केही गर्न चाहने व्यक्तिका लागी नेकपाबाहेक अरु बिकल्प हुन नसक्ने अडान राखेका थिए ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु नसिम अख्तर, बिशाल कुमार सर्राफ, मिराजुल हवारी, युवा नेता रामकिशोर सिँह लगायतको उपस्थिती रहेको थियो ।