×

वीरगञ्ज २७ पुष । वीरगञ्जमा आयोजना भएको नि:शुल्क आँखा जाँच शिविर सम्पन्न । 

श्रीपुरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर र वडा प्रहरी कार्यालय श्रीपुरद्वारा संयुक्त रुपमा आयोजित शिविरमा ७१ जनाको आँखा जाँच गरिएको थियो । 

माट्रिका आई फाउन्डेशनको सहकार्य र आस्था नेपालको सहयोगमा आयोजन भएको शिविरमा ७१ जनाको आँखा जाँच गर्दा १७ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको थियो । 

मोतिबिन्दु देखिएका सबैको शल्यक्रिया माट्रिका आई फाउन्डेशनले नि:शुल्क रुपमा गर्ने फाउन्डेशनका संयोजक महेश सिंह धामीले बताए ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सर्राफको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल रहेका थिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह, पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन कार्की, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई, नेवा पुच: मुर्ली पर्साका सह-प्राध्यापक हरि बहादुर बैद्य, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह,  उपाध्यक्ष रेखा घिमिरे, सदस्य जगत राई, सञ्चारकर्मी सन्तोषमान रन्जितकार, मन्सुर खान, जाकिर हुसेन, प्रमिला शाही, शिलु गौतम, चम्पा सिंह, रोशनी सिंह, शान्ती सिंह, अरुणा राणालगायतकाको उपस्थिति रहेको थियो ।

Back to top