×

वीरगञ्ज २७ पुष । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहलगायत विभिन्न कालखण्डमा भएका देशमा भएका आन्दोलन र सङ्घर्षका उपलब्धिलाई ओझेलमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

जसपाले पर्साको सदरमुकाम वीरगञ्जमा आयोजना गरेको जनप्रदशन एवम् विरोध कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन् । 

अध्यक्ष यादवले पार्टी र सरकार दुबै चलाउँन असक्षम भएपछि ओलीले प्रतिनिधिसभा भङ्ग गरेर जनतालाई ढाँटि रहेको बताए । ओलीले अहिले प्रतिनिधिसभा विघटन गरेपनि उनले आगामी दिनमा प्रदेशसभा समेतलाई भङ्ग गर्दै देशमा संकटकाल लगाउँन षडयन्त्र गरिरहेको यादवले दावी गरे । 
 
'ओलीले प्रतिनिधि विघटन गरेर मात्र बस्दैनन् । उनको अर्को टार्गेट प्रदेशसभालाई भङ्ग गरेर देशमा शंकटका लगाउँनु र वर्तमान संविधानलाई वर्खास्त गरेर मुलुकलाई एउटा तानाशाही र गैरलोकतान्त्रिक व्यवस्था तर्फ धकेल्न उद्देश्य रहेको छ, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवले भने ।

यादवले संसद् विघटन असंवैधानिक, अलोतान्त्रिक र प्रतिगमनकारी कदम भएको बताउँदै यसलाई खारेज गर्न आफुहरुले देशभर चरमबद्ध आन्दोलन गर्नबाट पछाडी नहट्ने बताए ।

उनले नेपाली कांग्रेसले दोहोर चरित्र देखाइरहेको समेत आरोप लगाएका थिए । ओली सरकारसँग मिलेर संवैधानिक अंगलगायत अन्य विशिष्ट तहमा आफ्नो नेता, कार्यकर्ताहरूलाई भर्ना गरिरहेको र अर्कोतिर विरोधको नाटक गरेर दोहोरो चरित्र देखाएको उनले दावी गरे । 

त्यसैगरी कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित विघटित प्रतिनिधिसभा एवम् कार्यकारिणी सदस्य लक्षमणला कर्णले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नरहेको बताए । उनले ओलीले संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेको बताउँदै यसको आफुहरुले विरोध गरिरहेको बताए ।

ओलीए आफ्नो घरमा भएको झगडाको सजाय जनतालाई दिरहेको आरोप लगाए । उनले ओलीलाई कानुनि कारवाही हुनुपर्ने बताएका थिए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रतिनिधिसभा विघटनलाई अपराधको संज्ञा दिए । संविधानमा हुँदै नभएको नियमलाई टेकेर संसद् भङ्ग गर्नु अपराधिक घटना भएको मुख्यमन्त्री राउतले भने । उनले नेपाली कांग्रेसले संसद् विघटनको विरुद्ध आफ्नो स्पष्ठ धारणा ल्याउँन नसक्नु दु:खद भएको बताए । 

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, क्षेत्र नम्बर ३ बाट निर्वाचित निलम्बित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, बाराका प्रतिनिधिसभा सदस्य रामबाबु यादव, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश कुर्मी, करिमा बेगम, जनत अन्सारीलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम पूर्व जसपाले वीरगञ्जको मुख्य चोक घण्टाघरबाट विरोध र्‍याली समेत निकालेको थियो । र्‍याली नगर परिक्रमा गर्दै कार्यक्रम स्थल श्रीपुरस्थित लालबङ्गला पुगेको थियो ।

Back to top