×

वीरगञ्ज २७ पुष । बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट पुत्री लाभ भएको उल्लेख गर्दै अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका छन् ।

विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुवै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

२०१७ मा विवाह गरेका उनीहरूले लकडाउनको समयमा आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन् । त्यसपछि पनि अनुष्का र विराटका केही तस्वीरहरु सार्वजनिक भएका थिए ।

Back to top