×

वीरगञ्ज २६ पुष । बाराको कलैयामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमि फाईनलमा पर्सा विजयी भएको छ । 

आईतबार भएको सेमि फाईनल खेलमा धनुषालाई ४ विकेटले हराउँदै पर्सा विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग रोजेको धनुषाले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै १७० रन बनाएको थियो । जबाफी ब्याटिङ्गमा उत्रिएको पर्साले ४२.४ ओभरको क्षतिमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भएको थियो ।

पर्साका अल्फाज मन्सुरी मैन अफ दि मैच घाेषित भएका थिए ।

Back to top