×

वीरगञ्ज २६ पुष । पर्सामा ओली पक्षिय नेकपा आक्रमक तरिकाले संगठन बिस्तार र सुदृढीकरणमा लागेको छ । 

नेकपामा दुई गुट हुनुभन्दा पहिलादेखि नै देखिन थालेको नेकपा पर्साको विवाद हाल आएर छताछुल्ल भएको छ । पर्साका जिल्लाभरी ओली पक्षिय नेकपाले संगठन बिस्तार तथा कार्यकर्ता अभिमुखिकरणलाई तिब्रता दिएको छ । ओली पक्षीय समूहले दिनहु जिल्लाको विभिन्न स्थानमा पालिका स्तरिय कार्यकर्ता भेला तथा चुनावी रणनिती तय गर्नका लागि भेला आयोजना गर्नुका साथै वडा कमिटीहरु गठन गर्न थालेको हो ।

यसै क्रममा आईतबार पर्साको पोखरियामा ओली पक्षिय नेकपाको भेला सम्पन्न भएको छ । आगामी चुनावको रणनिती तय गर्न तथा पर्सा जिल्लामा बहुमत प्राप्त गर्नका लागि योजना बनाउन भेलाको आयोजना गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथी नेकपा पर्साका केन्द्रीय सदस्य एवं पर्साका अध्यक्ष प्रभु हजराले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम वर्तमान समयको माग रहेको बताए । ओलीको घोषणा लोकतन्त्रको लागि अपरिहार्य भएको र यसले नेपाल र नेपाली जनताको हित गर्ने धारणा व्यक्त गरेका हुन् ।

विशिष्ट अतिथी नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ताले ओली नेतृत्वको सरकारले मधेस र मधेसी जनताको हितमा विकास एवं परिवर्तनको लहर ल्याएकोले उनी कहिल्यै पनि मधेश विरोधी हुनै नसक्ने दाबी गरेका थिए । संविधानसभा सदस्य समेत रहेका उनले हरेक जात जाती भाषा—भाषी र बर्गहरुको हित राष्ट्रियतको पक्षमा खरो उत्रेका ओलीको राष्ट्र एवम् जनभक्ति पार्टी भित्रकै केही नेताहरुको लागि असह्य भएको जिकिर गरेका थिए ।

नेता गुप्ताले नेपाली कांग्रेसले पर्साको विकास निर्माणको सबै प्रकृया रोकेर भ्रष्टाचार, कमिशन खोर एवं अनियमिततामा लिप्त रहेकोले पर्साको जनताले विकल्प खोजेको प्रष्ट पारे । कार्यक्रममा संबिधान सभाका सदस्य तथा नेकपाका नेता जयप्रकाश थारुले सबै प्रकारको बेथितीलाई हटाउने हिम्मत ओली सरकारसंग मात्र भएकोले वैशाखमा हुने निर्बाचनमा नेकपालाई विजय गराउनु आवश्यक रहेको र त्यसको नेतृत्व अव पोखरियाले सुरु गरेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा महिला नेतृ निर्मला देवकोटाले नेपाल र नेपाली जनताको चाहाना, बिचार समस्याको सम्बोधन ओली सरकारले मात्र गर्नृे भएकोले बैशाखमा हुने निर्बाचनमा ओली पक्षीय उम्मेदवारालाई जिताउने आग्रह गरिन । कार्यक्रममा संबिधान सभाका सदस्य फुलझरी देवी जनताको हित गर्ने ओलीलाई षडयन्त्र गरेर काम गर्न नदिएकोले ताजा जनादेशको लागि जनताको गएको बताइन । 

त्यस्तै भेलालाई सम्बोधन गर्दै नेकपाका युवा नेता यसवन्त यादवले जता ओली, उतै सुर्य रहेका कारण कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका थिए । उनले अबको नेतृत्व युवा पिढीले उठाउनु पर्ने बताउँदै आगामी निर्वाचनमा सक्रिय रुपले संगठनको लागि काम गर्न सुझाव दिए ।

कार्यक्रममा छिपरमाइका अध्यक्ष मनोज गुप्ता, सुरेश प्रसाद चौरसिया, सुरेश पासवान, अनुप तिवारी, अकलु यादब, सुनिल कुमार चौरसिया, हनिफ अन्सारी, राधा साह, संजिब मिश्र, बिन्ध्याञ्चल ठाकुर, सन्तोष गरि, प्रमोद गिरि, अकलेस साह, रामदेबलाल दास, सन्तोष पासवान, नवप्रबेशीहरु नेपाली कांग्रेसका सक्रीय सदस्य एवं संबिधान सभाका सदस्य रामेश्वर रौनियारका भाई राजेश रौनियार, नेपाली कांग्रेसका महासमितीका सदस्य श्री अन्सारी, राजपाका स्थानीय नेता साह लगायतले अव कसैको पनि प्रलोभनमा नपरेर ओली नेतृत्वको नेकपाका उम्मेदवारलाई जिताउन लाग्ने धारणा राखेका थिए । 

कार्यक्रम अघि हजारौंको सहभागितामा पोखरिया बजार परिक्रमा गर्दा पुरै पोखरिया नेकपामय भएको दृष्य देखिएको थियो । 

Back to top