×

‘नइखे कुछु त, भात–चोखा बना दीह, सुनलु’ । एक समय थियो जतिबेला सामान्य नागरिकलाई खानाको सवालमा भात र चोखा मात्र सम्भव थियो । विगतकालीन देहाती जीवनशैलीमा भात र चोखा निर्विकल्प भोजन थियो भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । सम्पन्न परिवार वा राज्यका हुकुमाधिराजस“ग आवद्ध पात्रजन वाहेक सामान्यवर्गको हैसियतमा थरीथरीका व्यञ्यजन, मनोरञ्न र विलासीता स्वप्न जस्तै थियो । उतिबेला, रानीगंज दरबार, कलैया दरबार, सिम्रौनगढ लगायत विभिन्न दरबारहरुमा नृत्य र सड्डीतको धुनमा मदिरापानस“गै राजामहाराजाहरुको विलासीता उफानमा थियो । अर्कोतर्फ आमजनहरु माटोको घरमा भात र सागपातको चोखा खाइरहेका हुन्थे । अन्ततोगत्वा, पुर्खजहरुको अश्रुजनित श्रापले विलासीजनहरुको पापकर्म ध्वस्त भयो र आज हामी गणतन्त्रीय व्यवस्थामा छौं ।      

जीवनको कैयौं दशक पार गरिसकेका पुरनियाहरुका विगतकालिन तन्त्रको सम्झना ह्दयविदारक नै भन्नुपर्छ । उनीहरुका अनुसार राणकालीन र शाहीकालीन शासन व्यवस्थाताका राज्यमा हुकुमत चलाइरहेका पात्रहरुले मद्यपान, नुत्य र गीत सड्डीतमा रमाइरहेका बेला हाम«ा पुर्खाहरु तरकारीको अभावमा भात र चोखा खाएर जीवन धानिरहेका थिए । गाउ“देहातमा पाइने सागपातको चोखा नै भात वा रोटीस“ग उपभोग गरिन्थ्यो । खेंसारी, वथुवा वा अरुई लगायतका सागपात तरकारी वा चोखाको रुपमा उपभोग हुन्थ्यो । केहिपनि उपलब्ध नभएको खण्डमा खुर्सानी, नून र तेलको मिश्रण भातस“ग उपभोग गरिन्थ्यो । 

आलु, भण्टा र खुर्सानीको चोखा जस्ता स्वादहरु विशुद्ध रुपमा देहाती परिवेशका उत्पती हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला । यो वेग्लै कुरा हो कि आज यो देहाती परिकार खानामा थप स्वादको रुपमा प्रचलनमा छ । चोखाको सम्झना भएमा मात्र पनि मुखमा पानी नआउने कोहि नहोला । जाडोको महिनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भूजा र चोखा’ देहातको पहिचान हो । घोन्सारमा भुजेको आनन्दी चामलको भुजा र घोन्सारको भठ्ठीमा पकाएको भन्टा वा आलुको चोखाको आनन्द लिनेहरु वाहेकलाई उक्त देहाती भोज्य पदार्थको स्वाद स्वप्न जस्तै हो । दिनभरी खेतमा काम गरि घर फर्किएका किसान खाजाको रुपमा भुजा र आलु वा भन्टाको चोखा खान्थे । पानी खाएपछि मुखबाट निस्कने ‘आह’ युक्त ध्वनिले मन कति प्रफुल्लीत होला भन्ने कुरा प्रत्यक्ष अनुभूति गर्ने वाहेकलाई अनुमान गर्न कठिन छ । धानको नियारीले निर्मित ‘तरइ’ वा बा“स र ‘साबे’को जोरले निर्मित ‘खटिया’ मा बसी ‘दौरी’ (डलिया) मा खाजा खाने देहाती शैली अपवाद वाहेक लोपप्रायः छ । 

आजका पुस्ताले खानामा ‘चोखा’लाई अपवादको रुपमा लिन्छन्, किनभने समयको गतिस“गैे विभिन्न प्रकारका तरकारीको सहज उपलब्धता र सुधारोन्मूख आर्थिक अवस्थाको कारण खानामा ‘चोखा’ हुनैपर्छ भन्ने छैन । यद्यपि आजको परिवेशमा समेत भोजनको रुपमा चोखा र भातमा मात्र आश्रित समुदाय छैनन् भन्न सकिने अवस्था पनि छैन । खानाको सवालमा सम्पन्न वर्गको थालमा सागपातको ‘चोखा’ अतिरिक्त स्वादको रुपमा सामेला होला त्यो भिन्दै कुरा हो तर आर्थिक विपन्न परिवारको लागि भात र चोखा नै निर्विकल्प भोजनको रुपमा आज पनि विद्ययमान छ । 
पारम्परिक देहाती ‘चोखा’ समयको गतिस“गै शहरिया थालमा मात्र होइन, यसको लोकप्रियता विदेशसम्म पुग्नु देश र देहातको लागि गौरवको विषय हो । कामको खोजीमा विदेश पलायन हुने क्रम अत्यन्त दुखद भएपनि श्रमिक मार्फत् देहातका मूलभूत परिवेश विदेशसम्म प्रवाहित हुनु सुखद पक्ष हो । देहाती जीवनशैलीका विशेषता तथा यस क्षेत्रका प्राकृतिक आयामहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाहित गर्नु राज्यपक्षको नितान्त कत्र्तव्य हो । यद्यपि देहातको उत्थानको निमित्त यस क्षेत्रबाट प्रतिनिधित्व जनाइरहेका पात्रहरुको मानसपटलमा मुख्य सरोकार अङ्कुरीत नहुनु स्वार्थी मानसिकताको पराकाष्ठा हो भन्ने भूइ“तहको बुझाई नकार्न सकि“दैन । किंकत्र्तव्यविमूढताका कारण मूलभूत सरकोर नारा, जुलुस, टिकट, मत र पद लगायतको स्वार्थानुकुल मानसिकताले देहातको गरिमामय विषयवस्तुहरु ओझेलमा परेका छन् भन्ने जनस्तरको आरोप सोह्रआना जायज हो । 

सत्तामा लिप्त पात्रहरुको ह्दयमा ‘जनमत’को अपेक्षा वाहेक स्थान नपाउने भूइ“मान्छेको सपना सुख शान्तिका साथ कम्तिमा पनि सामान्य भोजन र अतिरिक्त स्वादको रुपमा सागपातको चोखा प्राप्त गर्ने आकाङ्क्षा होला कि नहोला ? जो पुरनियाहरु जीवनकालमा कैयों परिवत्र्तन देखिसकेका छन्, उनीहरुलाई विगतका शासन व्यवस्था र गणतन्त्रीय शासन व्यवस्थाको बिचमा फरक छुट्टाउने सन्दर्भमा प्रायः पुरनियाहरु निशब्द प्रायः हुन्छन्, किन ? पुरनियाहरुको अनुभवलाई मान्ने हो भने अचेलको प्रवृतिमा एक असल काम गरेर मुद्दती खाता जस्तै जीवन भरी लाभ लिइरहने गैह्र मानसिकता बढ्दो छ । त्यसैले संबिधानले अपेक्षा गरेको परिवत्र्तन अनपेक्षित क्रियाकलापको चाड्ड भित्र लोप हु“दै गइरहेको छ ।   

हिजोको शासन व्यवस्थामा संविधान भन्दापनि व्यक्तिको हुकुम नै सर्वोपरी थियो, जे हुकुम भयो त्यहीं कानून हुने । तर गणतन्त्रमा संविधान सर्वोपरी हो अर्थात् संविधानभन्दा माथि कोही हु“दैनन् । संविधानमा अङ्कित अक्षरहरु जनताबाट चुनिएका जनप्रतिनिधिहरुले बनाएका हुन् । संविधानको पानामा देश र जनताको मर्म कोरिएको छ । संविधानको मूलभूत परिकल्पना भन्दापनि आफूलाई सर्वेसर्वा मान्ने मनस्थिति फरक शैलीमा हिजोकै पुनरावृति हो भन्ने आममानिसको बुझाई नकार्न सकि“दैन ।
     
धेरै यस्ता परिवार छन् जो आर्थिक अभावको कारण खानामा प्रतिदिन भातस“ग दाल र तरकारी उपभोग गर्न असक्षम छन् । उनीहरुको लागि भात वा रोटीस“ग स्थानिय स्तरमा उपलब्ध सागपातको चोखा वाहेक अर्को विकल्प छैन । वृद्धभत्ता, एकल महिला भत्ता जस्ता असहायहरुले पाउने सुविधामा आ“खा लगाउने बानी रहेको परिप्रेक्ष्यमा भ«ष्टाचार र कुशासन कति व्याप्त छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । विगतमा चोखा नै तरकारीको विकल्प थियो । आजको प्रचलनमा ‘चोखा’को महत्व त्यसरी छैन जसरी हाम«ा पुर्खाहरुको लागि थियो । 

केहि दशकदेखि दाल र तरकारीको भरपूर उपलब्धताले ‘चोखा’ अपवादमा परेको बुझ्न सकिन्छ । पुर्खाहरुले भोगेको वृतान्त नै ‘स्वविकास’को अवधारणमा देहातीजनलाई उत्प्रेरण प्रदान गरेको कतिपयको भनाईलाई मान्ने आधारहरु प्रशस्त छन् । जस्तै विदेशमा श्रम बेच्ने र परिवारलाई पाल्ने मनोविज्ञानले परिवारलाई मात्र सुख शान्ति प्रदान गरेको छैन । अपितु राज्यलाई पनि विप्रेषण मार्फ्त टेवा पुर्याइरहेको छ । देहातीजन सुखशान्ति र प्रगतिका साथै खानाको सवालमा परिस्थिति सुधारोन्मूख छ तर निर्मूल भईनसकेको अवस्था छ ।   

दिनभरी हलो कोदालो चलाएर पा“चसय रुपैया ‘बनिहारी’ (ज्याला) आर्जन गर्ने नागरिकलाई खानामा विभिन्न परिकार र पुष्टिवर्धक व्यञ्जन कसरी सम्भव हुन सक्छ ? केहि धुर घडेरीमा बनेको फुसको झुपडी र एक÷दुई कठ्ठा खेतमा आश्रित परिवारका पुर्खाहरु जसरी चोखा र भातमा सिमित थिए, उनीहरुका नवपुस्ता पनि त्यसैगरी जीवन बा“च्न बाध्य हुन्छन् भने हिजोका ‘राजा’ र आजका ‘जनप्रतिनिधि’ बिच फरक के त ? यो देहातीजनहरुको प्रश्न हो र यसको जवाफ कुनै पात्रस“ग छ भने जनताको घरहरुमा पुगेर धुत्र्याइ“रहित उत्तर फर्काउने साहस आफूभित्र ल्याउन सक्नुपर्छ ।
 

Back to top