×

वीरगञ्ज १९ पुष । आइतबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावावाल सुन शुक्रबारकै मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

आइतबारको लागि तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Back to top