×

वीरगञ्ज १९ पुष । विगत लामो समयदेखि क्यान्सर रोगबाट पिडित सन्तोष चौधरी पैसाको आभावमा उपचारबाट बञ्चित भएका छन् । 

क्यान्सर रोग लागेपछि आफुले जम्मा गरेर राखेको सम्पूर्ण रकम खर्च भएपछि चौधरीलाई आफ्नो उपचार गराउन समस्या भएको हो । 

परिवारमा काम गरेर परिवार चलाउँने सदस्यलाईनै क्यान्सर रोग भएपछि उनको परिवारका सदस्यले हिस्सामा प्राप्त गरेको सम्पूर्ण खेतसमेत बेचेर सन्तोषको उपचारमा लगाई सकेका छन् ।

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनी गाउँ निवास ४० वर्षीय चौधरी अहिले पैसाको अभावमा उपचार नपाएर घरमा बस्न बाध्य छन् । 

नेपालको विभिन्न अस्पताल पुगेर आफ्नो उपचार गराई सकेका चौधरीलाई अहिले चिकित्सकहरुले भारत विहार राज्यको पटनास्थित अखिल आयुर्विज्ञान संस्थान उपचार गराउँन सुझाव दिएका छन् । तर पैसाको अभावमा चौधरी त्यहाँ जान नसकेको परिवारका सदस्यले बताएका छन् ।

आठ परिवारका सदस्यलाई काम गरेर पाल्ने घरको मुख्य व्यक्तिनै क्यान्सरबाट थल्ल परेपछि चौधरीको साना उमेरका छोरा-छोरी शिक्षाबाट पनि बञ्चित भएका छन् । चौधरीले समयमा सहयोग प्राप्त नगरे उनले आफ्नो ज्यानसमेत गुमाउँन सक्ने नेपाल रेडक्रस सोसाइटीका सलौद्धीन अहमदले बताए ।

अहमदका अनुसार चौधरीको उपचारमा अहिले लाखौँ रुपियाँ खर्च लाग्ने भएकोले स्थानीय सङ्घ संस्था र परोपकारी मनका धनि व्यक्तिले सहयोग गर्न आवश्यक रहेको बताए । चौधरीलाई सहयोग गर्न इच्छा भएका व्यक्तिले सिधै चौधरीको बैंक खातामा पैसा जम्मा गर्न सक्ने अहमदले जानकारी दिए ।

चौधरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले उनको एनआईसी एसिया बैंकको खाता नम्बर 2261458582524001 मा पैसा जम्मा गर्न सक्ने अहमदले बताए । उनले सबैलाई थोरे-बहुत जति भएपनि सहयोग गरिदिन अपिलसमेत गरेका छन् ।

Back to top