×

वीरगञ्ज १८ पुष । नयाँ वर्ष २०२१ का अवसरमा वीरगञ्जमा आयोजित 'दि जोकटेल' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पिडिएल कन्सलटीङ्ग ग्रुप, नेक्नो टेक्नोलोजिज् तथा युथ्स् अफ वीरगञ्जद्धारा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

अपुर्व क्षितिज सिंह, सजन श्रेष्ठ, आदर्श मिश्र, मनिराज गिरीलगातयका हाँस्य कलाकारहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । शुक्रबार वीरगञ्जस्थित टाउन हलमा आयोजित कार्यक्रममा हाँस्यव्यंग्य विधाका कलाकारहरुले प्रस्तुती दिएका थिए । विभिन्न समसामयिक विषयवस्तुलाई केन्द्र बनाउँदै कलाकारहरुले प्रस्तुती दिएका हुन् । युवावर्गमा विशेष प्रभाव रहेका कलाकारहरुको प्रस्तुती हेर्न बारा तथा पर्साका विभिन्न ठाउँबाट युवाहहरु कार्यक्रममा सहभागि भए ।

कार्यक्रममा २ सय ५० भन्दा बढी दर्शकहरुको उपस्थिती थियो । कार्यक्रममा सहभागि कलाकारहरुले बीरगन्जका दर्शकहरुबाट प्राप्त स्नेहको प्रशंसा गरे । कार्यक्रममा स्थानिय युवाहरुले सांगितीक प्रस्तुती पनि दिएका थिए ।

दर्शक प्रतिक्रियाको मान्ने हो भने वीरगञ्जमा स्टैण्ड अप कमेडीको ट्रेण्ड सृजनाका लागि यस कार्यक्रमले थप टेवा पुर्‍याउने छ । पछिल्लो समय फस्टाउँदै गएको स्टैण्ड अप कमेडीको ट्रेण्डलाई यस कार्यक्रमले निरन्तरता दिएको हो । स्टैण्ड अप कमेडिमा लाग्न चाह्ने यहाँका युवाहरुको प्रोत्साहनका लागि यो कार्यक्रम प्रयास स्वरुप भएको आयोजकहरुको भनाई छ ।

आयोजकहरुका अनुसार वीरगञ्जलाई आर्थिकसँगसँगै कलाको केन्द्र बनाउन पनि आवश्यक छ । अथाह सम्भावनाहरुको सहर वीरगञ्जलाई कलाकाे केन्द्रविन्दु बनाउन यहाँका युवाहरुको प्रयासलाई विश्लेषकहरुले सराहना गरेका छन् ।

यद्यपी, कार्यक्रममा कलाकारहरुले प्रयोग गरेका शब्दहरु भड्कीलो भएको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भएको छ ।

Back to top