×

वीरगञ्ज १५ पुष । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज सुन १ सय रूपैयाँले घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top