×

‘सब काम ‘चोखा’ हो गइल’ अर्थात् सबै काम ‘खराब’ भयो । देहातमा खाना वा खाजास“ग खाइने आलु वा भण्टाको चोखा स्वादिलो त हुन्छ नै यदि घोन्सारमा पकाइएको रहेछ भने त स्वादको कुरा वर्णन गरेर साध्य छैन । कडा परिश्रम गरेर प्राप्त गरेको सफलता आफ्नै गल्तीको कारणले असफलता उन्मूख भएको सन्दर्भमा काम ‘चोखा’ भयो भन्ने शब्द देहातमा प्रयोग गर्ने प्रचलन धेरै पुरानो हो । ज्योतिष श्ँँस्त्रका अनुसार ग्रहगोचरको अनुकुलता र प्रतिकुलताको प्रभाव मनुष्य माथि मात्र होइन देशमाथि पनि पर्दछ । ग्रहगोचर कै प्रतिकुलताको असर होला, पार्टी भित्रको किंचलो अन्ततोगत्वा देशलाई आर्थिक भार पर्ने गरी उदीयमान भएको छ । कोरोनाबाट थलेको देशको आर्थिक भार मध्यावधि चुनावले झन थला पार्ने सम्भावनालाई नकार्न सकिन्न । सत्तापक्षबाट भएको पछिल्लो निर्णय देश हितको सवालमा शिशुकालिन गणतन्त्र ‘चोखा’ भएको छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला ।  

देहाती एक कथा यस प्रकार छ । धोबिसंग एक घोडा र एक गधा थियो । एक दिन धोबीले गधा माथि लुगाको विशाल बोझ लादीदियो । घोडा माथि केहि लादेन । गधाले ठुलो भार बोकिरहेको थियो ।  घोडाले गधालाई भन्यो, बोझ मद्धे केही मलाई पनि देऊ । गधाले अस्वीकार गर्यो । केहि समय पछि गधाले बोझ सहन सकेन र लड्यो । वत्र्तमान राजनितिक घटनाक्रम पनि देहाती कथा गधा र घोडाको कथास“ग मेल खान्छ ।

सडकको धुलो, खेतको हिलो, हुस्सु र शितलहरस“ग पैठेजोरी गर्ने आमजनको मत पाएर एसी गाडी र पा“चतारे होटलको वासनामा लिप्त पात्रहरुको लागि प्रत्येक वर्ष चुनाव आएपनि केहि फरक नपर्ला । तर देशलाई फरक पर्छ । अर्थतन्त्रलाई फरक पर्छ । आममानिसलाई फरक पर्छ । देशको अर्थतन्त्रलाई धाराशायी पार्ने काम कहिल्यै पनि भूइ“तहबाट भएको उदाहरणहरु संसारमा पाइ“दैन । सरकारको स्वामित्वधारी र शिर्षस्थजनबाट भएका त्रुटीको भर्पाइ अन्ततोगत्वा चर्को कर आदि विभिन्न स्वरुपमा नागरिकबाट असुल्ने विधि जनमनलाई चेतना छैन भन्ने होइन । यद्यपि विगतको निरंकुशतन्त्र होस् वा वत्र्तमानको गणतन्त्र होस्, राजनितिक ‘ब्लैक होल’ मा देश र जनताको आकाङ्क्षालाई स्वाहा पार्ने क्रम निरन्तर छ । 

चा“दीमा सुन पानीको कैयौं तहको लेप लगाएपनि वाहिरी आवरणमा सुन जस्तै देखिने चा“दीलाई सुनको मूल्यमा विक्री गर्न सकि“दैन । अर्थात् राजनितिक चरित्र देखावटी भन्दापनि देश र सामाज अनुकुल हुनुपर्छ । त्यसो भएन भने सोह्र श्रृङ्गार गरेपनि आमजनको मानसपटलमा साकारात्मक चित्र कोर्न असफल प्रायः नै हुन्छ । आफ्नै पार्टी भित्र गुटबाजी, निषेध र वञ्चितीकरणको पराकाष्ठाका साथै चरम अस्थिरता र संकटमा सिंगो मुलुक फस्ने भएपछि अग्रगामी र समावेशी संविधान को  दाबी गरिएको संविधान मिथ्या र भ्रामक हुन पुगेको अनुभव भएको हो । राजनितिक चरित्र सत्तामोह र स्वार्थमोहमा आधारित रहेसम्म देशको कल्याण असम्भवप्रायः छ । राज्यको ढुकुटीमा स्वाहातन्त्रको शैलि विद्यमान रहुन्जेलसम्म देशको विकास र प्रगतिपरक निकासको सवालमा निरंकुशतन्त्र र गणतन्त्रमा भिन्नता महसुस हुुनु दिवा स्वप्न जस्तै हो । त्यसैले गणतन्त्रलाई ‘चोखा’ बनाउने कार्य जनस्तरलाई कुनैपनि पक्षबाट अपेक्षित छैन । 

मङ्सिर र पुस महिना हेमन्त ऋतु अर्थात् जाडोयाम भएपनि पछिल्लो राजनितिक घटनाक्रम राज्यमा गृष्मऋत् उत्पन्न गरिदिएको छ । पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको प्रभाव घट्दै जान्छ र कहिलेकहीं मात्र सूर्यको तप्त किरण पर्ने हुनाले यी महिनाहरुमा शीतलहर र कुहिरोका साथै अत्यधिक जाडो हुने गर्दछ । पुस महिनामा चा“डपर्व र वैवाहिक क्रियाकलाप शुन्यप्रायः हुने हुनाले सामाजिक व्यस्ता ठप्प नै भन्नुपर्छ । धानबाली भित्रियाउने कार्य देखि गहु“÷तेलहन बाली लगाउने कार्य सम्पन्न भई खेतीकिसानीमा समेत सामान्य सक्रियता वाहेकको गतिविधि पाइ“दैन । यद्यपि शितलहरको कारण गाउ“देहात सुस्त रहेको वत्र्तमान अवस्थामा सिंहदरबारको तापमान देशैभरी प्रवाहित भइरहेको अवस्था वत्र्तमान परिप्रेक्ष्य हो । सत्तारुढ नेकपा जुन कारणले गर्दा फुट्यो, ती कारणमा जनताको चासो र हितको कुनै मुद्दा छैन । सरकारलाई सधैं दबाब दिएका पक्षले आफ्नो पार्टीको चुनावी घोषणापत्र कार्यान्वयन गर्ने दबाब कहिल्यै दिएको सुनिन्नथ्यो । कोरोना महामारीको यति गम्भीर अवस्थामा जनताले बेरोजगारी, अभाव, शिक्षाबाट वञ्चित भइरहेका र भविष्य खतरामा परेका छोराछोरी पाशविक कष्ट पाउ“दा पनि नेकपाको नेतृत्व–मण्डलीले नेता व्यवस्थापनको विवादमै केन्द्रित भएर अमूल्य समय खेर फाल्यो ।

जाडोको महिनामा प्रायः उपभोग गरिने देहाती पारम्परिक खाजा ‘भूजा र चोखा’ को स्वाद राजनितिक घटनाक्रमले अस्वादिलो बनाइदिएको छ । आनन्दी चामलको भुजा जस्तै राष्ट्रमुखी राजनितिक परिवेश समेत लोपोन्मूख छ भन्नुपर्दा कुनै अतिशयोक्ती नहोला । राष्ट्रिपति विद्यादेवी भण्डारीबाट आइतवारको दिन जारी सूचना अनुसार संविधानसभा विघटन भईसकेको अवस्था छ । यसर्थ संविधान सभाका सदस्यहरु यतिबेला निवत्र्तमान सभासद भइसकेका छन् । केपि शर्मा ओलीको निर्णयप्रति उनको पार्टीमा मात्र होइन अन्य दल लगायत जनस्तरसम्म समेत विरोधाभास देखिन थालेको छ । संख्यात्मकरूपमा राजनीति गर्नेहरूको संख्या विगतको तुलनामा अत्यधिक छ तर गुणात्मकरूपमा अति न्यून । निर्वाचनको बखत जनतालाई किन्न सकिन्छ भन्ने दरिद्र सोचले धेरै राजनीतिकर्मी आक्रान्त छन् । राष्ट्र र जनतालाई तुच्छ अनि विदेशी शक्तिलाई उच्च मान्ने असन्तुलित मनस्थिति नेपाली राजनीतिको ठूलो रोग हो । 
देहातीजन ‘दाल रोटी खाओ, प्रभुका गुण गाओ’ तर्फ आकृष्ट रहेको बेला सरकार भने ‘चित भी मेरा, पट भी मेरा’ को अवस्थामा रहेको सन्दर्भ आमजनलाई चिन्तित बनाएको छ । शिशुकालिन गणतन्त्रलाई बचाउनु  भन्दापनि आआफ्नो स्वार्थ सिद्धिप्रति लालायित राजनितिक संस्कार विकसित हुनु किंमार्थ उचित होइन । संविधान र सोको मूल्यमान्यताको धज्जी कसैले पनि उडाउनु हु“दैन । नियत सर्व अनुकुलाय हुनुपर्छ । देश र नागरिकको दीर्घकालिन हितजन्य कत्र्तव्य देखि विमूख हुनु ह“ुदैन भन्ने सरोकार प्रति शिर्षस्थजनलाई अन्र्तबोध हुनु जरुरी छ । राष्ट्र र राष्ट्रको अर्थतन्त्र जोगाउने सन्दर्भ र सर्व हितायको सवालमा इमान्दारीपूर्ण कत्र्तव्य अपेक्षित छ ।

Back to top