×

वीरगञ्ज १० पुष । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा १० टिम राख्ने निर्णय भएको छ । 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारणसभाले अब आईपीएलमो २०२२ को संस्करणबाट १० टिम राख्ने बताएको हो । 

बिहीबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो । 

बीसीसीआईले २ टिम नयाँ थप्न लागेको हो ।  टिमको संख्या वृद्धि भएसँगै ९४ खेल आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ । 

१० टिम सहभागी हुने भएका कारण धरै खेलाडीले स्थान बनाउने छन् । जसमा नयाँ खेलाडीको अनुहार पनि देख्न पाइनेछ । 

Back to top