×

वीरगञ्ज ९ पुष । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले आगामी संस्करणको टी-१० लिग क्रिकेट खेल्ने भएका छन् । करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् ।

करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् ।

तीनैजना खेलाडीको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो । विदेशी लिगमा अनुबन्धित हुने उनीहरु तेस्रो, चौथो र पाँचौ खेलाडी हुन् ।  यसअघि सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिसकेका छन् भने पूर्वकप्तान पारस खड्काले अघिल्लो संस्करणको टी-१० लिग खेलेका थिए ।

उनीहरु अनुबन्धित भएसँगै पूर्वकप्तान पारससहित विभिन्न खेलाडी एवम् खेलप्रेमीहरुले बधाई एवम् शुभकामना दिएका छन् ।

आगामी संस्करणको टी-१० लिग जनवरी २८ देखि ६ फेब्रुअरी सम्म यूएईमा हुने छ ।

Back to top