×

वीरगञ्ज ७ पुष । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार खतिवडालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

यसअघि खतिवडा प्रधानमन्त्री केपी ‌ओलीको आर्थिक सल्लाहकार थिए । सल्लाहकार हुनुअघि उनी नेपाल सरकारका अर्थमन्त्री थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको विज्ञप्तिमार्फत् जानकारी दिएकी छन् ।

Back to top