×

वीरगञ्ज ७ पुष । नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले पर्साका ७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपामा केन्द्रीय सदस्यको रुपमा प्रतिनिधित्व गर्ने निर्मला देवकोटा केपी ओलीले नेतृत्व गरेको कमिटीमा छिन ।

त्यस्तै उर्मिला अर्याल, नागेन्द्र चौधरी र रामचन्द्र साह प्रचण्ड नेपाल समुहमा रहेका छन् । 

बालुवाटारमा भएको बैठकले नेकपाका पर्सा अध्यक्ष प्रभू हजरालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

त्यसैगरि संविधान सभाका सदस्य प्रदुम्न चौहान, राजकुमार गुप्ता, जयप्रकाश थारु, डा. बिश्वम्भर शर्मा,  बसरुदिन अन्सारी र बिना शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका जिल्ला अध्यक्ष प्रभू हजराले जानकारी दिए ।

Back to top