वीरगञ्ज ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समुहको केन्द्रीय कमिटी बैठकले दुईवटा प्रस्ताव तयार पारेको छ।
उक्त बैठकले नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अनुशासन भंग गरेको आरोप लगाउँदै बर्खास्त गर्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउनेसहितका प्रस्ताव गरिएको छ। उक्त प्रस्तावलाई अनुमोदन गराउनका लागि केन्द्रीय कमिटी सदस्यका बैठक जारी छ।