×

वीरगञ्ज ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दावी गरेको छन्।

बालुवाटारमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीले दुई-तिहाइ मत ल्याउने दावी गरेका हुन्।

“हाम्रो पार्टीले अबको चुनावमा दुई-तिहाइ ल्याउँछ, यसमा ढुक्क हुनुहोस्, तपाईँहरू सबै चुनावको तयारीमा लाग्नुहोस्,’ ओलीले बैठकमा भने, ‘सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्छ भनेर हल्ला चलाइएको छ, यो हुँदैन, अब हुने भनेको चुनाव नै हो।”

बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीमा लाग्नका लागि ओलीले उपस्थित केन्द्रीय सदस्यहरूलाई निर्देशन पनि दिएका छन्।

यसै गरी, बैठकमा एकल अध्यक्षको नेतृत्वमा बैठक सञ्चालन गर्ने गरी विधान संशोधन पनि गरिएको छ। यसअनुसार पार्टीको बैठक डाक्न र अध्यक्षता ओलीले अब एक्लै पाउने भएका छन्।

Back to top