×

वीरगञ्ज ७ पुष । संसद विघटनपछि नेपाली राजनीति भविष्‍यबारे अनेकन अड्कलबाजी भइरहेका छन्। सँगसँगै सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आन्तरिक विवादसमेत उत्कर्षमा पुगेको छ। 

नेकपाभित्रको पछिल्ला बैठक, भेलाहरू र नेताको अभिव्यक्तिले पार्टी विभाजनको संघारमा पुगेको संकेतहरू देखिएका छन्। 

प्रचण्ड-नेपाल समूहले आज १ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ। त्यस बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने उनीहरूले बताएका छन्। 

यता प्रधानमन्त्री ओली पक्षको केन्द्रीय समिति बैठक ९ बजे बालुवाटारमा बोलाइएको छ। पार्टी अनुशासन विपरीत विपक्षीसँग समेत साँठगाँठ गरेर सरकारविरुद्ध र गुटगत स्वार्थमा लागेको आरोपमा प्रचण्डमाथि कारवाही गर्ने बालुवाटार बैठकको तयारी रहेको बुझिएको छ। 

सरकार बनेको केही समय नबित्दै पार्टीभित्रैका केही नेताहरूले घेराबन्दीमा पार्न खोजेको, काम गर्न नदिएकोले बाध्य भएर संसद विघटनको निर्णय लिनुपरेको प्रधानमन्त्रीले हिजो देशवासीको नाममा सम्बोधनमार्फत बताएका छन्। 

उनले ताजा जनादेशमा जान संविधानत: कदम चालिएकाले निर्वाचनमा लाग्‍न सबैमा आव्हानसमेत गरेका छन्। 

Back to top