×

वीरगञ्ज ४ पुष । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरका रूपमा नियुक्त भएका छन्।

यस सिजनमा उनले टी-१० लिगमा संरक्षकको भूमिका निर्वाह गर्न आबुधाबी टिमले जानकारी दिएको हो।

यसअघिको सिजनमा पारस अबुधाबी टिममा खेलाडीका रूपमा मात्र थिए।

दुबईमा हुने टी-१० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुनेछ।

यसअघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भए पनि कोरोना महामारीका कारण स्थगन गरिएको थियो।

Back to top