×

वीरगञ्ज ३ पुष । भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।

नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।

नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर ।

यो खबरपछि नेहाका फ्यान र बलिउडकर्मीले बधाई दिँदै आफ्नो थप ख्याल गर्न आग्रह गरेका छन् ।

Back to top