×

वीरगञ्ज २ पुष । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गर्दा युभेन्ट्स इटालियन सिरी ए फुटबलमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासँग १–१ गोलको बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले बराबरी खेल्दै अंक बाड्नु परेको हो । खेलको २९ औं मिनेटमा युभेन्ट्सका लागि फेडेरिको चिसाले गोल गर्दै टिमलार्य अग्रता दिलाए । 

पहिलो हाफमा अग्रता बनाएको युभेन्ट्सले अन्तिमसम्म आफ्नो अग्रतालाई कायम राख्न सकेन । खेलको ५७ औं मिनेटमा रेमो फेलुएरले गोल गर्दै टिमलाई हारबाट जोगाए । 

६१ औं मिनेटमा युभेन्ट्सले खेलमा अग्रता बनाउने अवसर पाएको थियो । युभेन्ट्सले पाएको पेनाल्टी रोनाल्डोले मिस गरेका थिए । 

बराबरीसँगै युभेन्ट्सले १२ खेलबाट २४ अंक जोडेको छ । युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । यता, एटलान्टाको १८ अंक छ । 

Back to top