×

वीरगञ्ज १९ मंसिर । मध्य तराइकै पहिलो रेडियो स्टेसन रेडियो वीरगञ्ज ९९ मेगाहर्जको १८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याउदै आएको रेडियो वीरगञ्जले १८ औ वार्षिकोत्सवको अवसरमा यहीं मंसिर २० गते शनिबार रेडियो परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने बिहिबार रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले बताए । 

उनले रेडियो वीरगञ्जले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुन: यस पटक पनि रेडियो वीरगञ्जले आयोजना गर्ने रक्तदान कार्यक्रम ऐतिहासिक रहने दावी गरे ।

पत्रकार सम्मेलनमा साहले यस पटक विश्वव्यापी कोरोना महामारीका कारण रेडियो वीरगञ्जको साताव्यापी रुपमा बार्षिक उत्सव मनाउने उद्देश्य पुरा हुन नसकेको जानकारी समेत दिए ।

कोरोना कहरका विच पनि प्रदेश २ मा रगतको अभावले कसैले जिवन गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो वीरगञ्जद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

विज्ञप्तीमा यस पटक रेडियो वीरगञ्जको नयाँ प्रस्तुतीको रुपमा टिभी वीरगञ्ज परिक्षण प्रशारण भई रहेकोमा आगामी मंसिर २६ गते शुक्रवारबाट टिभी वीरगञ्जले समेत समाचार सहितका विविध कार्यक्रमको नियमित प्रशारण गर्ने कुरा उल्लेख गरिएको छ । यसैगरी सोही दिन देखि रेडियो पोखरीया १०५.८ मेगाहर्जले समेत नियमित प्रशारण शुरु गर्ने कार्यकारी अध्यक्ष साहले बताए ।

पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो वीरगञ्जले छिटै मनोरञ्जनको सौगातको रुपमा वीरगञ्ज म्युजिकल एफएम १००.३ मेगाहर्ज समेत संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा टिभी वीरगञ्जका संचालक सदस्य सुन्दर कुर्मी लगायतको सहभागिता रहेको थियो ।

Back to top